देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम

काठमाडौं, पुस १९ । काठमाडौंसहित देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधवार बिहान ६.३० बजे काठमाडौंको तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गत पुस १ गते काठमाडौंको तापक्रम २.८ मा झरेको थियो ।

त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम बुधबार पुनः घटेको हो । मौसमविद विभूति पोखरेलले काठमाडौंसहित देशभर चिसो बढेको जानकारी दिनुभयो ।

पश्चिम नेपालमा चिसो बढेसँगै  जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भू–भागमा कुहिरो नहट्दा चिसो बढेको हो । रातभरि कुहिरो नहटे पनि दिउँसो कुहिरो फाट्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *