रुघाखोकीले हुम्लामा चारको मृत्यु: प्रकोप फैलिएपछि बिरामी गाउँमै थला परे

हुम्ला, पुस १९ । हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्‍या जैसी र शंकरे रोकाया छन् । कार्की, शाही र जैसीको आइतबार तथा रोकायाको मंगलबार मृत्यु भएको स्थानीय कलबहादुर ऐडीले जानकारी दिए ।

सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने र बान्ताको प्रकोपले विकराल रूप लिएको छ । हुम्ला जिल्ला अस्पतालका डा. नवीन रोकायाले भने धेरै ठाउँमा नभई ग्रामीण भेगमा रुघाखोकीका केही बिरामी देखिएको बताए ।

-मृत्यु हुनेमा सबै ६५ वर्षभन्दा माथिका छन् । रुघाखोकीले बालबालिका र वृद्धवृद्धालाई बढी संक्रमण गरेको पाइएको छ । सयौँको संख्यामा बिरामीहरू उपचार नपाएर बसिरहेको सर्केगाड–८ का ऐडीले बताए ।

-जिल्लाका सातवटै गाउँपालिकामा रुघाखोकीको प्रकोप फैलिएपछि बिरामीहरू गाउँमै थला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *