यी हुन् सातै प्रदेशको अस्थायी केन्द्र र मन्त्रालय

काठमाडौं, पुस १९ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधिको प्रस्ताव तयार पारेको छ ।

संघीय मामिला तथा स्थानीय, सामान्य प्रशासन र सहरी विकास मन्त्रालयले गरेका अध्ययनका आधारमा तयार पारिएका ती प्रस्तावबारे मन्त्रिपरिषद्को बिहीबारको बैठकले निर्णय लिने स्रोतले बतायो ।

पहिलो प्रस्ताव प्रदेशका अस्थायी केन्द्रसम्बन्धी छ । जसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर थिमि, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र हुनेछन् ।

यो खबर आजको कान्तिपुरमा छ, प्रदेश केन्द्र र त्यसको प्रशासनिक संरचना अध्ययन गर्न तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

समितिले प्रदेश १ को विराटनगर, धनकुटा वा इटहरी, २ को जनकपुर, ३ को बनेपा, धुलिखेल, काठमाडौं वा हेटौंडा, ४ को पोखरा, ५ को दाङ वा बुटवल, ६ को सुर्खेत र ७ को दिपायल वा धनगढीलाई अस्थायी राजधानी बनाउन सुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *