नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु

पुस १८, कञ्चनपुर । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ ।

पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो ।


संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताउनुभयो ।

गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौँ बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेबमोजिम टोलीले सर्वेक्षणको कार्य अगाडि बढाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *