को बन्ने प्रधानमन्त्री, चर्चा सुरु

पुस १८, काठमाडौँ । नयाँ बन्ने सरकारमा प्रधानमन्त्री को बन्ने भन्ने विषयले दलहरुमा चर्चा हुन थालेको छ ।

रिपोर्टस क्लब नेपालले आज आयोजना गरेको साक्षतकारमा एमालेका नेता रघुवीर महासेठ र काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री विषयमा आ–आफ्ना तर्क प्रस्तुत गरेका छन् ।

एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीनै जनताको पहिलो रोजाई भएकाले मुलुकको नेतृत्व उहाँले गर्नुपर्ने बताउनुभयो ।

साथै, निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिर राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरूले सोचेको भए पनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उहाँको आरोप थियो ।

यता, नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरू तयार रहेको विश्वास दिलाउनुभयो ।

साक्षात्कारमा राजनीति भनेको सबै सम्भावनाको खेल भएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरू तयार रहेको जिकिर गर्नुभएको हो ।

नेता लेखकले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भैईनसकेको समेत जिकिर गर्नुभयो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *