प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता

पुस १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह आग्रह गनुभयो ।

भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराउनु भएको छ ।

देउवाले पाँचै राष्ट्रिय दलका प्रमुख नेतासँग छलफल गरेपछि प्रदेश प्रमुख नियुक्त गर्ने र राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी गरेको बताउनु भयो । प्रधानमन्त्री देउवाले यी विषयमा छलफल गर्न सर्वदलिय बैठक डाक्ने तयारी गर्नु भएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *