सूची सच्याउन ६ पार्टीलाई पत्राचार

२०७४ जेठ १५ गते

“
पुस १८, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरूलाई पत्राचार गरेको छ ।
नेपाली काँग्रेस, राजपा, सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई आजपत्राचार गरिएको हो ।
आयोग प्रवक्ता दिनेश घिमिरेका अनुसार २० गतेभित्र दलहरूले सच्याएर सूची बुझाइसक्नुपर्ने छ ।
क्रमभंग भएको, समावेशी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन भनिएको प्रवक्ता घिमिरेले बताउनु भयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित