काँग्रेसले ५ वटै राष्ट्रिय दलसँग सर्वदलीय छलफल गर्ने

पुस १८, काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश प्रमुखको नियुक्ति तथा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको काँग्रेसका शीर्ष नेताको बैठकले चुनावको मिति तथा प्रदेश प्रमुखको नियुक्तिको विषयमा ५ वटै राष्ट्रिय दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभाको निर्वाचन गर्न आवश्यक वातावरण बनाउने सम्बन्धमा अन्यदलसँग समेत समझदारी गर्ने विषयमा छलफल भएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनु भयो ।

सरकारको नेतृत्वकर्ता समेत रहेको काँग्रेसले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्ने बताउँदै आएको छ । नेकपा एमाले र माओवादी केन्द्र भने वर्तमान सरकारले बाहानाबाजी गरेर सत्ता लम्ब्याउन खोजेको आरोप लगाउँदै आएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *