दुर्घटना, ३ जनाको ज्यान गयो

पुस १८, काठमाडौँ । विभिन्न स्थानमा भएका दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । काठमाडौँको तीनकुनेमा गएराति स्कुटर दुर्घटनामा परी एक जनाकोे मृत्यु भएको छ । बा २२ प ७४ ०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक गोपाल आलेको मृत्यु भएको हो ।

ललितपुर लुभु बस्दै आएका उदयपुरको गाइघाट घर भएका ४९ वर्षीय आलेको उपचारका लागि सिभिल अस्पताल मीनभवन पठाइएकोमा अस्पतालमा उनको निधन भएको प्रहरीले जनाएको छ ।

यसै बिच धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना–६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम जाँदै गरेको ‘अनटेस्ट’ ट्याक्टर गएराती सडकबाट २५ मिटर तल खसेको थियो ।

यता कपिलबस्तुको महाराजगंज नगरपालिका–५ इटरोलमा ट्याक्टरले ठक्कर दिँदा १५ महिने नाबालकको मृत्यु भएको छ ।

आज बिहान इटरोलबाट खेततिर जादै गरेको लु ३ त ६१२४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा इटरोल निवासी दिपराज अहिरका १५ महिनाका छोरा नवराज अहिरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । ट्याक्टरका चालक फरार रहेका छन् भने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *