किरातीहरुको नयाँ वर्ष यले दोङको अवसरमा धरानमा यलम्बर साझ हुने

पुस १८, धरान । सुनसरी किराँत जातीको नयावर्ष यले दोङ्गको अवसरमा सुनसरीको धरानमा यलम्बर साझ हुने भएको छ ।

ब्लिङ इभेन्ट मेनेजमेन्ट प्रा.लिको आयोजना किरातीहरुको नयाँ वर्ष येले दोङ ५०७८ मनाउने उदेश्यले सो यलम्बर साझ गर्न लागेको प्रालिका निर्दैशक अमित राईले धरानमा मङ्गलवार गरिएको पत्रकार सम्मेलनामा जानकारी दिनुभयो ।

आगामी पौष ३० गते यलम्बर सामुदायिक बन अगाडी धरान ८ मा विभिन्न सांस्कृतिक कार्यक्रम र शुभकामना आदान प्रदान गरी यले दोङ मनाउन लागेको राईले जानकारी दिनुभयो ।

अघिल्ला बर्षहरु झैँ यो वर्ष पनि किराँतीहरुको नयाँ वर्षको अवसर पारेर सो साँझ गर्ने र साझबाट उठेको रकमलाई सामाजिक क्षेत्रमा खर्च गरिने समेत राईले जानकारी दिनुभयो ।

करिब ५ लाखको लागतमा हुन लागेको सो साझबाट उठेको रकमको १ लाख सुनसरीका एच आई भी प्रभावित बालबलिकाहरुको शिक्षाका लागी खर्च गरिने छ ।

कार्यक्रममा स्थानीय ब्याण्ड, जनगायक किशोर थुलुङ,स्थानीय डान्स सेन्टरहरु तथा नायिका रोमा लिम्बु लगायतका कालकारहरुको बिशोष प्रस्तुति रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *