धरानको अमान बजार पसिसरमा आर्गेनिक शनिबारे साप्ताहिक हाट लाग्ने


“
भरतराज शर्मा(गोपाल)
पुस १८, धरान । सुनसरी सुनसरीको धरान १ स्थित अमान बजार परिसरमा साप्ताहिक रूपमा शनिवारबाट आर्गनिक शनिबारे साप्ताहिक हाट लगाउने तयारी गरिएको छ ।
लामो समयदेखि धरानका बिभिनन स्थानमा लाग्दै आएको हाट बजार हराउदै गएको र रसायनिक नभई धराने जनतालाई आर्गनिक साग सब्जीका परिकार प्रदान गर्ने उदेश्यले सो बजार लगाउने तयारी गरेको शनिबारे हटिया व्यवस्थापन समितिले जनाएको छ ।
आज धरानको पुर्णङ साप्ताहिकको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा प्रतयेक शनिवारका दिन सो हाट लगाउने समितिका अध्यक्ष काजी गिरीले जानकारी दिनुभयो आउदो पौष २२ गते शनिवार देखि सो हाट सञ्चालनको तयारी गरिएको गिरीले बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ धरान सुनसरी लगायतका विभिन्न कृषक समुहसंगको सहकार्यमा हाटको सुरुवात गर्न लागिएको सम्मेलनमै समितिका सचिव सबिता राईले जानकारी दिनुभएको छ ।
जसका लागी समितिले पुरानो हाट बजारलाई पुनः व्यवस्थित रूपमा लगाउनका लागि प्रांरिभ्मक चरणका काम सुरु गरिएको राईले बताउनुभयो । हाट व्यवस्थित बनाउन स्थानीय सरोकारवालाहरुसंग समेत आवश्यक छलफल,अन्तरक्रिया गदै जाने उहाँले बताउनुभएको छ ।
हाट बजारका लागी सो क्षेत्रमा टहरा, पानी, शौचालय जस्ता पूर्वाधार निर्माण समेत भईसकेकाले हाट लगाउन सहज हुने समितिका अध्यक्ष काजी गिरीले जानकारी दिनुभएको छ ।
अनाम बजार परिसरमा लगाईने सो आर्गेनीक शनिवारे हाटमा करिब १५ वटा स्टलमा दैनिक जीवनमा प्रयोग हुने बिसुद्ध आर्गेनिक सामानहरू पउने आयोजकले जनाएको छ
“
