घाँटीमा भात अड्किएर सर्लाहीमा एकजनाको मृत्यु

२०७४ जेठ १५ गते

“
सर्लाही, पुस १८ । खाना खाने क्रममा घाँटीमा भात अड्किएर एकजनाको मृत्यु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा गएराति घाँटीमा भात अड्किएर महोत्तरी, लक्ष्मीनियाँका ६० वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार लालबन्दी–१ नवलपुरका उपेन्द्र चालिसेको निर्माणाधिन घरका कामदार तामाङले गएराति खाना खाने क्रममा घाँटीमा भात अड्किएको थियो । राति १० बजे भात खाने क्रममा तामाङको घाँटीमा भातको गाँस अड्किएपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित