शहरी विकासमन्त्री गिरी पदमुक्त, अब कमल थापालाई मन्त्रालयको जिम्मेवारी

काठमाडौं, पुस १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गर्नुभएको छ । राप्रपाबाट मन्त्री बन्नुभएका गिरीलाई पार्टीको सिफारिशअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

सचिव सरुवाको विषयमा केहीदिन अघि मन्त्रिपरिषद् बैठकमा उप प्रधानमन्त्री थापा र गिरीबीच विवाद भएको थियो । विवादपछि प्रवक्ता भुवन पाठकले विज्ञप्ति जारी गर्दै गिरीलाई पार्टी निर्णयअनुसार फिर्ता बोलाएको जनाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *