यौन हिंसा र दुव्र्यवहारविरुद्ध हलिउडका महिलाहरूले थाले सामूहिक अभियान

काठमाडौं, पुस १८ । अमेरिकी चलचित्र उद्योग र अरु क्षेत्रमा हुने गरेको यौनजन्य हिंसा तथा दुव्र्यवहार विरुद्ध लड्न तथा समस्यामा परेकाहरुलाई सहयोग गर्न हलिउडका महिलाले अभियान सुरु गरेका छन् ।

तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ अभियान सुरु गरेका हुन् । न्युर्योक टाइम्स पत्रिकामा विज्ञापन प्रकाशित गरेर हलिउडका महिलाले यो अभियान सुरु गरेका हुन् ।

मनोरञ्जन उद्योगका महिलाबाट सुरु भएको परिवर्तनको लहर अरु क्षेत्रमा काम गर्ने महिलालाई पनि एकीकृत गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । सन् २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वाइन्स्टिनमाथि विभिन्न अभिनेत्रीहरुले यौनदुव्र्यवहारको आरोप लगाएपछि यौनहिंसा विरुद्ध बोल्ने बाहिर आउने क्रम सुरु भएको छ ।

त्यसको परिणाम स्वरुप अहिले हलिउड मात्रै नभएर टेलिभिजन तथा खेलकुद क्षेत्रका महिला पनि यौनहिंसा विरुद्ध बोल्न थालेका छन् ।

नाटाली पोर्टम्यान, रीसे विदरस्पुन, केट ब्लान्चेट, इभा लङ्गोरिया, एम्मा स्टोनसहितका अभिनेत्रीको साथ रहेको ‘टाइम्स अप’ अभियानले यौनहिंसामा परेका सबै क्षेत्रका महिलालाई सहयोग गर्ने उद्देश्य लिएको छ ।

अभियानले डेढ करोड डलरको कोष बनाउने लक्ष्य राखेको छ । अहिलेसम्म १ करोड ३० लाख डलर संकलन भइसकेको छ । यौनहिंसामा परेकाहरुको कानुनी उपचारमा सहयोग गर्ने अभियानले जनाएको छ ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *