एक खर्ब (एफडीआई)को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुँदै

काठमाडौं, पुस १८ । करिब एक खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुने भएका छन् । करिब ५५ अर्ब रुपैयाँ लगानी स्वीकृति पाएको नाइजेरियाको डांगोटे सिमेन्ट र ४० अर्ब स्वीकृति लिएको भारतको रिलायन्स सिमेन्टबीचमै फर्किने भएका हुन् ।

डांगोटेले सिमेन्ट उत्पादनका लागि खानी नपाएको र रिलायन्सले ‘ब्रान्ड नेम’ नपाएपछि चासो देखाउन छाडेको हो ।

‘रिलायन्स हाम्रो सम्पर्कमै छैन । हामीले लेखेको पत्रको समेत वास्ता गरेको छैन,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले भने, ‘डांगोटेले तीन ठाउँमा खानीका लागि प्रतिस्पर्धा गरेको थियो तर पाएन । उसले पनि लगानी गर्ने सम्भावना कम छ ।’ , आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *