बाक्लो हुस्सुले हवाई र रेलसेवा प्रभावित


“
नयाँ दिल्ली, पुस १७ । भारतको नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण हवाई र रेलसेवा प्रभावित भएको छ ।
हिजो बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा प्रभावित भएको हो ।
गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १२ वटा उडान अवरुद्ध भएका छन् ।
इन्दिरा गान्धी विमानस्थलमा अवतरण हुनुपर्ने र र उड्नुपर्ने विमानहरु उड्न नसकेको बताइएको छ ।
बाटो नदेखिनेगरी लागेको हुस्सुले गर्दा नयाँ दिल्लीको रेलसेवा पनि अवरुद्ध भएको छ । नयाँ दिल्ली रेलवे स्टेसन र पुरानो दिल्ली रेलवे स्टेसनका करिब ९० वटा रेलसेवा बिहान अवरुद्ध भएका थिए ।
राजधानी नयाँ दिल्लीभरका करिब ५६ वटा रेल सेवालाई ढिला गरिएको, २० वटाको समय परिवर्तन गरिएको र १५ वटा रेलसेवा रद्द नै गरिएको उत्तरी रेलसेवाका अधिकारीले जनाएका छन् ।
“
