कार र बस आपसमा ठक्कर खाएर दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते

पोखरा, पुस १७ । तनहुँको ब्यास नगरपालिका ३ स्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । डुम्रेबाट पोखरा तर्फ आउदै गरेको बा ९ च ४४४३ नम्वरको प्राइभेट कार र पोखराबाट सुनौली जाँदै गरेको ना ६ ख ७२११ नम्वरको बस आपसमा ठक्कर खाँदा घाइते भएकी पैदल यात्रीको हरीमाया आलेको मृत्यु भएको हो ।

दुर्घटनामा तनहुँ व्यास नगरपालिका १३ बस्ने २९ वर्षिया हरीमाया आले घाईते भएकी थिइन् । उनको तत्कालै उद्धारगरी पोखरा स्थित मेट्रोसिटि अस्पताल पु¥याइएको थियो तर,उपचारको क्रममा आलेको मृत्यु भएको छ।

त्यसैगरी अन्य घाईते धादिङ बस्ने वर्ष ३३ को श्याम प्रसाद रेग्मी र तनहुं ब्यास नगरपालिका १४ बेलबास बस्ने वर्ष ९ को गुरास आलेको उपचार भईरहेको छ । प्रहरीले दुवै गाडी र बस चालकलाई नियन्त्रणमा लिईएको छ । कार चालक भने फरार रहेकाले उनको खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *