ओली र प्रचण्डबीच गोप्य सहमती :ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष

काठमाडौं, पुस १७ । नेकपा(एमाले)का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य सहमती भएको एमालेका एक नेताले खुलासा गरेका छन् ।

एमाले नेता एवं नवनिर्वाचित सांसद पार्वत गुरुङले ओली र प्रचण्डबीच प्रधानमन्त्री र पार्टी अध्यक्षबारे गोप्य सहमति भइसकेको खुलासा गरेका हुन् । प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड बन्‍ने सहमति भइसकेकोले छिट्टै पार्टी एकता हुने गुरुङले बताए । उनले ओली प्रचण्डलाई अध्यक्ष स्वीकार गर्न तयार भइसकेको बताए ।

‘प्रधानमन्त्री को बन्छ भन्नेबारे अब कुनै अलमल छैन । केपी ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमलदाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ’ गुरुङले भने । उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति हुन नहुने बताए ।

दोलखाबाट प्रतिनिधि सभा सदस्‍यमा निर्वाचित नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासका लागि मत दिएको भन्दै सोहीअनुसार अब बन्ने सरकारले काम गर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *