पुस २७ मा वसन्त र शान्ति गुन्जिने

काठमाडौं, पुस १७ । कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा यहि पुस २७ गते गुन्जिने भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेश्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिने भएका हुन् ।

पुस २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना हुने काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनले जानकारी दिनुभयो ।

उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ । करिब साढे दुई दशक भन्दा अघिदेखि साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाशले कार्याक्रममा कबिता वाचन गर्नुहुनेछ ।

त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति शर्माले उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी गजल वाचन गर्नुहुनेछ । कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा चलचित्र, गीतसंगीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो अभियानबाट साहित्यको क्षेत्रमा क्रियाशिल रहि यसै क्षेत्रको विकाशमा केहि न केही भए पनि योगदान पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *