‘न्यू इयर इभ’ निम्ता मान्न गएकी युवती बलात्कृत

नेपालगञ्ज, पुस १७ । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । सुर्खेतरोडस्थित होटल सिग्नेटमा सुर्खेतका ४३ वर्षीय निरज गुरुङले ती युवतीलाई बलात्कार गरेको बताइएको छ ।

ती युवती अन्य साथीहरुसहित नयाँ वर्ष मनाउन सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारतीको निमन्त्रणामा होटलमा गएकी थिईन् । निरज गुरुङ पनि मनोजकै निमन्त्रणामा होटल पुगेका थिए । होटल सिग्नेटमा बस्दै आएका मनोजले आइतबार न्यू इयर इभ मनाउन गुरुङका साथै केही महिला साथीहरुलाई होटलमै बोलाएका थिए ।

होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०१ मा बसेका थिए । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका हुन् ।

गुरुङ आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडितको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।

बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ ।

पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको छ तर, रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *