प्रादेशिक राजधानी माग्दै धनकुटेलीले थाल ठटाए

पुस १७, धनकुटा । प्रादेशिक राजधानी माग गर्दै आज जिल्लाबासीले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । १ नम्बर प्रदेशको राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले सांकेतिक रुपमा रित्तो थाल ठटाउँदै धनकुटा बजारमा प्रदर्शन गरेका हुँन् ।

प्रादेशिक राजधानी माग गर्दै आज जिल्लाबासीले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । १ नम्बर प्रदेशको राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले सांकेतिक रुपमा रित्तो थाल ठटाउँदै धनकुटा बजारमा प्रदर्शन गरेका हुँन् ।

भने, धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ।

भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

राजधानी नभएमा धनकुटाबासीको थाल रित्तो हुँने संकेत गर्दै सरकारको ध्यानाकर्षण गराउँन रित्तो थाल जुलुश प्रदर्शन गरिएको हो ।राजनीतिक दलका नेताहरुको अगुवाईमा स्थानीय मदनचौकबाट सुरु भएको जुलुशमा सहभागिहरुले थाल ठटाउँदै हुलाकटोल, भीमनारायण चौक, बिहीबारे हटिया लगायत क्षेत्रको परिक्रमा गरेका थिए । ‘हाम्रो भाग नखोसियोस्’ नारा लेखिएको रित्तो थाल ठटाउँदै बजारमा प्रदर्शन गरिएको हो ।

सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इंलगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरे ।

प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *