नयाँ वर्षमा किमको सन्देश : ’शुरक्षा खतरा हुनासाथ मिसाईल प्रयोग हुन्छ’

काठमाडौं, पुस १७ । उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकाले आफ्नो देशविरुद्ध युद्ध घोषणा पनि गर्न नपाउने बताएका छन्।

नयाँ वर्ष २०१८ को पहिलो दिन सोमबार टेलिभिजन सम्बोधन गर्दै उनले उत्तरको मिसाइलले अमेरिकाको सबै भागमा हान्न सकिने र अमेरिकाले युद्धको घोषणा पनि गर्न नपाउने बताएका हुन्।

‘अमेरिकाले दिने सम्पूर्ण आणविक त्रासको सामना गर्ने सबै उपाय हामीसँग छन्,’ उनले सम्बोधनमा भनेका छन्।

उनले उत्तर कोरियासँगको आणविक हतियार तर्साउन मात्र नभई वास्तविकता भएको कुरा पनि ख्याल गर्न अमेरिकालाई भनेका छन्।

उनले यो वर्ष अझै ठूलो मात्रामा आणविक अस्त्र बनाउन लाग्ने र कहीँबाट सुरक्षा खतरा हुनासाथ त्यसको प्रयोग गरिने बताएका छन्।

उत्तर कोरिया शान्ति मन पराउने जिम्मेवार आणविक राष्ट्र भएको पनि सन्देशमा उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *