वीपी प्रतिष्ठानमा लागू अाैषध सप्लार्इ गर्ने प्रहरीकाे फन्दामा

पुस १७,  धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकलार्इ लागू अाैषध सप्लार्इ गर्नेलार्इ प्रहरीले पक्राउ गरेकाे छ ।
धरान १९ बस्ने मिलन राई र अमित लिम्बूलाई प्रतिष्ठानको छात्राबास क्षेत्रबाट केटिएम सेक्युरिटीले नियन्त्रणमा लिएर कार्बाहीको लागी इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको छ ।

उनीहरुको साथबाट १५ सय रुपैया नगद सहित एभिल, डाइजोलाप र लुपिजैसिकको २२ एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले बताए। डिएसपि पौडेलका अनुसार उनीहरु पटक पटक लागुऔषध सहित पक्राउ परेका हुन् । घटनाको प्रकृति र उनीहरुबाट बरामद भएको लागुऔषध हेर्दा पक्राउ परेकाहरु प्रतिष्ठान भित्र लागुऔषध सप्लायर्स भएको अनुमान प्रहरीले गरेको छ भने थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

पछिल्लाे समय वीपी काेर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू लागू अाैषध काराेबारमा संलग्न भएकाे पार्इएकाे छ । प्रहरीले दुर्इसाता अघिमात्र प्रतिष्ठानमा कायर्रत एक चिकित्सक सहित तीनलार्इ हाेस्टलबाटै लागू अाैषध सहित पक्राउ गरिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *