निर्माणाधिन होटलमा दुई जना मृत फेला, हत्याको आशंका

पोखरा, पुस १६ । पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १८ सराङकोटको निर्माणाधिन एक होटलमा दुईजना शव फेलापरेको छ भने एक जना घाइते समेत फेला परेका छन् ।

माउण्टेन एण्ड रिर्सोट स्पाको निर्माणाधिन भवनमा कामगर्न विहान कामदारहरु पुग्दा दुई जना मृत र एक जना घाईते अवस्थामा फेला परेका हुन् ।

घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । मृतकहरु उक्त निवर्माणधिन होटलमा काम गर्ने मजदुरहरु भएको बताईएको छ । उनीहरुको शरीरमा चोटपटक देखिएका कारण हत्या भएको आशंका प्रहरीले गरेको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *