रम्पुरा मल्हनियाँ खुला दिसामुक्त

राजविराज, पुस १६ । सप्तरीको रम्पुरा मल्हनियाँ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । हनुमाननगर कंकालनी नगरपालिका–१४ को राष्ट्रिय प्रावि रम्पुराको प्रांगणमा शनिबार आयोजित कार्यक्रममा हनुमानगर नगरपालिकाका प्रमुख शैलेशकुमार साहले पूर्ण खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप क्षेत्र घोषणा गरेका हुन् ।

सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप सो वडाका एक हजार ७९ घरधुरीमा चर्पी निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको र पूर्ण खोप लगाएपछि पूर्ण खोप क्षेत्र घोषणासमेत गरिएको बुझिएको छ ।

कार्यक्रममा नगर प्रमुख साहले सबैले चर्पीमै शौच गर्ने बानी बसाएर नगरलाई स्वच्छ, सफा र सुन्दर आग्रह गर्दै खुला ठाउँमा दिसापिसाब गर्नेलाई कारबाही गरिने चेतावनी दिए ।

‘लाठी मेरो साथी अभियान’

दलित सरोकार मञ्च नेपालले ‘लाठी मेरो साथी अभियान’ प्रारम्भ गरेको छ । सैँतीस ज्येष्ठ नागरिकलाई टोपी, लौरो र दोसल्ला वितरण गर्दै कञ्चनरुप नगरपालिकाबाट सो अभियान प्रारम्भ गरिएको बताइएको छ ।

अभियानको प्रारम्भ गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवले इमान्दारीपूर्वक जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिका प्रमुख वसन्तकुमार मिश्राले नगरपरिषद् सम्पन्न भएपछि विकासनिर्माणले गति लिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *