नयाँ बर्ष आगनीको डिलमा आइ पुगेको छ !!


“
हो आज मलाई नदी नाला झरना तालमा
हो आज मलाई नदी नाला झरना तालमा
रमन मन लागेको छ
किन कि नयाँ बर्ष आगनीको डिलमा आइ
पुगेको छ ।
देशको मुहार फेरिन्छ कि भन्ने आशमा बसेका
मेरा बाबा आमा
उनीहरुको अनुहारमा समेत खुशी छाएको छ ।
हो आज मलाई नदी नाला झरना तालमा
रमन मन लागेको छ ।।
साँच्चै भन्या हो मैले खुशीका पल हराएको
बर्षौ बर्ष भयो
तर आज किन एका एक मुहारमा मुस्कान
छाएको छ
पिढीँमा आई पुगेको नयाँ बर्षले
मेरो मात्रै होईन देशको मुहारै फेर्न चाहेको छ
मुहारै फेर्न चाहेको छ ।
हो आज मलाई नदी नाला झरना तालमा
रमन मन लागेको छ
सधै विदेशी माटोमा रहेर काम गर्ने दाजु
भाई दिदि बहिनीको हृदय विदारक कथा सुन्दा
सुन्दा थाकेका कानले
अब नयाँ विहानी सँगै मिठा मिठा सपना कोर्न
सक्ने खबर सुन्न पाउने
आश राखेको छ, हो आज भलाई ।।
नयाँ बर्षले सबैको जिवनमा उमंग ल्याओस
शुभ कामना शुम कामना शुभ कामना
“
