प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय यही साता भित्र

काठमाडौं, पुस १६ । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय यही साता भित्र गर्ने तयारी थालेको छ । प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रियसभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुंग्याउने काम अघि बढाएको बाणिज्यमन्त्री मीन विश्वकर्माले बताउनुभयो । केही दिनभित्रै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानीको निर्णय हुनेछ  ।

प्रदेश प्रमुख तोक्ने विषयमा प्रधानमन्त्रीले आन्तरिक छलफल सुरु गरिसक्नुभएको विश्वकर्माले बताउनुभयो । प्रदेशसभाको अन्तिम चुनावी परिणाम प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ  । त्यसैले प्रदेशसभाको चुनावी परिणामले आधिकारिकता नपाएसम्म राष्ट्रिय सभाको अन्तिम मतदाता संख्याको पनि टुंगो लाग्दैन  ।

यो कानुनी बाध्यता बुझेर नै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया चाँडो थाल्न आग्रह गर्नुभएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *