जाडो सिजनको लागी थुप्पा निकै राम्रो सुपयुक्त परिकार हो, यसरी बनाउनुहोस घरमै

काठमाडौं, पुस १६ । जाडोमा थुप्पालाई निकै राम्रो सुपयुक्त परिकारका रूपमा लिइन्छ । थुप्पा खाजाको रूपमा धेरै खाइन्छ । तर, थुप्पा खान रेस्टुरेन्ट नै धाउनुपर्छ भन्नेचाहिँ छैन, घरमै सजिलैसँग बनाउन सकिन्छ । यो परिकार बनाउन खासै गाह्रो छैन भने आवश्यक सामग्री पनि सामान्यखालकै हुन्छन् :

यम पौडेल
सेफ

-सामग्री-प्रतिव्यक्ति
-सफ्ट ब्वायल्ड नुडल्स तीन काँटा ।
-मिक्स भेजिटेबल ५० ग्राम (गाँजर, बन्दागोभी, सिमी) ।
-लसुन दुई–तीन केस्रा चप गरेको ।
-तेल दुई राइस स्पोन ।
-नुन एक टी–स्पोन ।
-खुर्सानी दुई पिस चप गरेको ।
-मैदा एक स्पोन ।
-कागती आधा दाना ।
-टेस्टिङ पाउडर हल्का (आवश्यकताअनुसार) ।
-सोया सस हाफ टी–स्पोन ।

बनाउने विधि
-चुल्होमा फ्राइपिन बसाल्ने ।
-तेल राख्ने ।
-तेल तातेपछि लसुन फुराउने ।
-लसुनमा ब्राउन कलर आएपछि मैदा राख्ने ।
-मैला पनि ब्राउन कलर आउने गरी केहीबेर भुट्ने ।
-एक बउलजति अर्थात् आवश्यकताअनुसार पानी राखिदिने ।
-चप गरेको मिक्स भेजिटेबल राख्ने ।
-नुडल्स पनि राख्ने ।
-स्वादअनुसार नुन राख्ने ।
-टेस्टिङ पाउडर, सोया सस, लेमन रस सबै राखिदिने ।
-उम्लिन दिने । उम्लिएपछि रेसिपी तयार भयो ।

नोट : आवश्यक पर्दा ननभेज थुप्पा पनि तयार पार्न सकिन्छ । चिकेन या बफलाई ब्वायल्ड गरेर लाम्चो तर मसिनो आकारका पिस गरी लसुन राखेपछि हल्का फ्राई गरिदिएपछि र क्रमशः भेजकै प्रक्रिया अपनाएपछि ननभेज थुप्पा तयार हुन्छ । नयाँ पत्रिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *