स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन सडक नाटक

झापा, पुस १५ । मेची प्राबिधिक प्रशिक्षण प्रतिष्ठान बिर्तामोड झापाको आयोजनामा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

झापाको अजुर्नधारा नगरपलिाका ३ नया बाँसरोपनी नेपाल डाडामा मेची प्रबिधिक प्रशिक्षण प्रतिष्ठानमा अनमी २२ औं ब्यचमा अध्ययनरत्त बिद्यार्थीहरुको सहभागीतामा सो जनचेतना मुलक सडक नाटक प्रस्तुत गरीएको अनमी २२ औ ब्यचकी टीम लिडर सपना सुब्बाले जानकारी दिईन् ।

सुब्बाले हरेक समाज र परिवारमा आईपर्नै स्वास्थ्य समस्या तथा तीनका सामाधानका उपायका तरिकाका बारेमा जनचेतनामुलक सडक नाटक केन्द्रत रहेको बताईन् ।

साथै नाटक हेर्न सायौको संख्यामा सर्वसाधारणको उपस्थिती रहेको सो नाटकको उघाटन भने औपचारिक रुपमा अजुर्नधारा वडा नं ३ का वडा अध्यक्ष जीवन भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

मेची प्राबिधिक प्रशिक्षण प्रतिष्ठान बिर्तामोड झापाका फिल्ड संम्योजक किरण निरौलाको अगुवाईमा भएको नाटकमा टीम लिडर सपना सुब्बा,ईन्दु पाण्डे,ज्योती तामाङ,समिक्षा गुरुङ,ज्योती लुगो,ममता राजबंशी,सुस्मीता तोलाङ्गी,मन्जु खडका र दिपिका गौतमले समाजलाई स्वास्थ्यका दृष्टीकोणले सबल बनाउने सन्देश सन्देश छरेका थिए ।

यसैबीच सोही समुहका अध्ययनरत्त बिद्यार्थीहरुले अजुर्नधारा वडा नम्बर ३ मा अवस्थीत रहेको जनता माविमा स्वास्थ्य परिक्षण तथा बिद्यालय सरसफाई समेत गरेका छन् ।

आफना प्रयोगात्मक परिक्षा अगर्तगत रहेर सो स्वास्थ्य परिक्षण गरिएको सुब्बाले बताईन् । स्वास्थ्य परिक्षणमा ६३ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *