महिला भलिवलको उपाधि एपिएफलाई

पोखरा, पुस १५ । राष्ट्रिय खेलकुद परिषद च्याम्पीयनसीप अन्तर्गत २१ औं महिला भलिवल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी वल एपिएफले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा एपिएफले मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै उपाधि जितहासिल गरेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले रमिला तण्डुकार, प्रतिभा मालीसहितका न्यू डायमण्ड एकेडेमीका खेलाडीहरुको टिम सेट रहेको मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सेटमा पराजित गरेको हो । महिला राष्ट्रिय भलिवल टिमकी पूर्व कप्तासमेत रहेकी रमिला र प्रतिभाले पोखरामा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

करीब डेढ वर्षको अमेरिकी बसाईपछि नेपाल फर्केकी रमिला खेलमा जम्न सकिन् भने प्रतिभा मालीको पनि स्वास्थ्यले साथ नदिएका कारण खेल कौशल प्रदर्शन गर्न सकिन्। प्रतियोगिता अन्तर्गत पुरुष भलिवल प्रतियोगिताको उपाधिका सशस्त्र प्रहरी वलको एपिएफ क्लव र त्रिभूवन आर्मी क्लव वीच प्रतिस्पर्धा भैरहेको छ । प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी र पुरुषतर्फ आयोजक पश्चिमाञ्चल तेश्रो भएका छन् ।

विहान भएको खेलमा महिलातर्फ नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चललाई सोझो सेटमा र पुरुषतर्फको खेलमा आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई ३÷२ को सेटमा पराजित गर्दै तेश्रो स्थान सुरक्षित गरेका छन।

विहान भएको खेलमा महिलातर्फ नेपाल प्रहरीले २५–१५, २५–२१ र २५–२१ को सेटमा पराजित गरेको छ । पुरुषतर्फ आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को संघर्षपूर्ण जित हासिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *