जनमतको सम्मान गर्दै कांग्रेस प्रतिपक्षमा बस्छ : सिंह

काठमाडौं, पुस १५। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि कांग्रेसले सरकार छाड्ने बताएका छन् ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले जनताको जनमतलाई शिरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने प्रष्ट पारे ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको काँधमा केही जिम्मेवारी रहेको र त्यो पूरा हुनेबित्तिकै सत्ता हस्तान्तरण हुने बताए ।

‘वाम गठबन्धनका नेताहरु कांग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाइरहेका छन्’, उनले भने, ‘हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ ।’

नेता सिंहले राष्ट्रपतिबाट शुक्रबार जारी भएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशले राष्ट्रियसभामा सबै समुदायको प्रतिनिधित्व हुने अवस्था आएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *