दलित भएकै कारण कामवाट निकाला


“
विष्णु जोशी
पुस १५,डोटी । एक्काइसौं सताब्दीमा आएर पनि हाम्रो समाजमा त्यो जाति यो जाति भनेर भेद भाव गर्ने चलन हटेको छैन।
जातीका नाममा थुप्रै क्रान्ति भए पनि दलित समुदाय अझै पनि पीडित छ्न । नेपालका पूर्वी क्षेत्रमा यो समस्या केही मात्रामा कम भए पनि पश्चिमी क्षेत्रमा यो चलन यथावत नै छ।
दलितको लागि सरकारले नेपालको हकमा कानुन बनाए पनि त्यो कानुन पढेलेखेका लाई मात्रै सीमित भो,सामान्य लेखपढ गर्न जान्ने तर पूर्ण शिछित नभएका दलित वर्गका लागि,, काग लाई बेल पाक्यो हर्ष न बिस्मात,, भने झैँ छ। यस्तै उदाहरणका एक पात्र हुन प्रदेश नम्बर ७ को पहाडी जिल्ला डोटि सायल गाउँपालिका ६ का लोकेश बिक,उहाँ विगत एक वर्ष देखि भारत को देहरादुन स्थित ह्वाइट चिल्ली नाम गरेको होटेल मा कार्यरत थिए ।
उनी आफ्नै गाउँ का ३/४ जना सँगै काम गर्नु हुन्थ्यो,केही दिन सम्म त उनले कसैले थर सोधे साथी हरुकै थर बताए ,साथी हरू सँग केही बिषयमा मन मुटाब भए पछि उनका साथीले होटेल मालिक लाई भने पछि मलाई काम बाट निकालियो लोकेश ले गुनासो गरे ।
दलित भएकै कारण मलाइ आफ्नै साथी को मिलोमतोमा काम बाट निकाल्यो यहाँ जातीय भेद भाव बढी मान्दा रहेछ्न उन्ले भने,उनले आफ्नो न्याय पाउन का लागि भारत बाट सुदुर पश्चिमेलि हरू को हित का लागि बनेको सु प सेवा समाज मा पनि पहल गरे पनि समाज को देहरादुन मा समिति नभए का कारणले लोकेश ले न्याय पाउन सकेनन्, प्रवास को ठाउँ मा लोकेश ले भोगेको यो पीडा को जिम्मेवारको हुन्छ ? सरकार ,अहिले उनी काम बाट निकालिए र अब आफ्नै व्यवसाय गर्ने भन्दै कम्प्युटर ,फोटोकपी गर्ने काम सिकिरहेका छ्न ।
कहिले सम्म दलित परिवार का विपन्न वर्ग ले न्याय पाउलान ? कहिले बन्ला दलित को जीवन स्थर उकास्ने कानुनर ?कहिले पुग्छ दलित का हिर्दय सम्म सिंहदरबार को नजर ? कहिले परिवर्तन हुन्छ सामाजिक सोच ? के दलित हरूले देश छोडेर प्रवास मा पनि हमेसा पीडित हुनु पर्ने हो,सरकार ले एक चोटि अँखा उघार्नु जरुरी छ ।
“
