नेपाल नामक संस्थाले हावा तालमा खुल्ला दिशामुक्त वडा र गाउँ घोषणा ! रौतहट स्थानीय

पुस १४, चन्द्रनिगाहपुर । खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने होडवाजीमा रहेका रौतहटका केही गैरसरकारी संस्थाले हवातालमा केही वडा र गाउलाई खुल्ला दिशामुक्त बनाउन लागि परेका छन् । युएनहेविट्डको सहयोगमा आरडिसी नेपाल नामक संस्थाले हावा तालमा खुल्ला दिशामुक्त वडा र गाउँ घोषणा गरेको स्थानीयले बताएका छन् ।

जिल्लाको कटहरिया नगरपालिका ३ बिर्ति प्रस्टोका गाउमा शौचालय नभएको भए पनि आरडिसी नेपाल नामक संस्थाले हावा तालमा खुल्ला दिशामुक्त वडा घोषणा गरेको स्थानीय बासिन्दाले बताएका छन् । सो वडामा रहेका ६ सय घरधुरी रहेकोमा जम्मा चार सय घरधुरीले मात्र शौचालय बनाएको र बाकी दुई सय घरधुरीमा शौचालय नभएको भए पनि सम्बन्धित निकायको मिलेमतोमा खुल्ला दिशामुक्त वडा घोषणा गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

आरडिससी नेपालको सहजीकरणमा सो वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गरिएको स्थानीयको भनाई रहेको छ । आर्थिक प्रलोभनमा परेर सो वडाका वडा सचिव नन्दलाल रौनियारले समेत शौचालयनै नभएको वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गरेको आरोप लाग्ने गरेको छ । आरडिसी नेपालले खुल्ला दिशामुक्त वडा घोषणा गरेको बिर्तिप्रष्टोका अझै स्थानीय बासिन्दा शौच गर्नका लागि खुल्ला स्थानमै जाने गरेको पाइन्छ ।

यता जिल्लाको राजदेवी र मठियामा पूर्ण रूपमा शौचालय नभएको भए पनि ती स्थानलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियानमा जहा जहा आरडिसी नेपाल नामक गैरसरकारी संस्थाले सहजीकरण गरेको छ ती स्थानमा पूर्ण रूपमा शौचालय नबनेको भए पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिनुले समेत ठुलो आर्थिक चलखेल भएको आशंका स्थानीयले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *