माछापुच्छे बैंक पोखरा ओपन भेट्रान टेनिसको उपाधी भण्डारीलाई

पुस १४, पोखरा । १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधी कमल भण्डारीले जितेका छन् । शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा उमेर समुहमा नेपालकै शिर्ष बरियताका भण्डारीले दोश्रो बरियताका श्रीराम मगरलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको प्रमुख उपाधी हातपारेका हुन्।


जितसंगै भण्डारीले नगद ५० हजार रुपैयाँका साथ शिल्ड पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका श्रीरामले नगद २० हजारका साथमा कप पुरस्कार पाएका छन् । प्रतियोगितामा भण्डारीको यो दोश्रो जित हो । यसअघि २०७३ सालको उपाधी पनि भण्डारीलेनै जितका थिए । २०७२ मा भने श्रीरामले भण्डारीलाईनै पराजित गर्दै उपाधी चुमेका थिए । गत महिना हेटौंडामा सम्पन्न सामरि स्लाम प्रतियोगितामा भण्डारीसंगै हार व्यहोरेका मगरले यसपटक बदला लिने सपना चकनाचुर भएको छ। प्रतियोगिता अन्र्तगत ४५ वर्ष माथिको एकल उपाधी पोखराका धरमबहादुर लामिछानेले हातपारेका छन्।

प्रतिस्पर्धात्म फाइनल खेलमा मण्डिखाटार टिमका विकाश गुरुङ्गलाई ६–३, १–६ र सुपरटाईमा १०–५ को जित निकाल्दै लामिछानेले सो उपाधी रक्षा गरेका हुन् । जितसंगै लामिछानेले नगद २० हजारका साथम ट्रफि तथा उपविजेता गुरुङ्गले नगद १० हजारका साथमा कप पुरस्कार पाएका हुन् ।

त्यसैगरि ५५ वर्ष माथिको उपाधी पनि पोखराकै अनिल तुलाचनले हातपारेका छन्। अनिलले फाइनलमा पृथ्वी थकालीलाई ६–१ र ६–० को सहज सेटमा पन्छ्याएका थिए । प्रथम स्थान हाँसिल गरेका तुलाचनले नगद २० हजार साथमा ट्रफि तथा उपविजेता थकालीले नगद १० हजारका साथमा कप पुरस्कार पाएका हुन् । प्रतियोगिता अन्तर्गत अन्य उमेर समुहका एकल तथा डबल्स खेलहरु यसअघिनै सम्पन्न भएको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई समापन सत्रका प्रमुख अतिथि माछापुच्छे्र बैकका प्रोमोटर किरण केसीले एक समारोहका विच पुरस्कृत गरेका थिए ।

पाँचदिने प्रतियोगितामा देशैभरका १ सय २५ खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *