कमल थापाले मन्त्री पद खाइदिएपछि गिरी भन्छन्,‘‘कमल होइन कमले भन्छु । कमले बौँलाएपछि जे पनि हुनेरहेछ ।’

काठमाडौँ, पुष १४ । ‘कमल होइ कमले भन्छु । कमले बौँलाएपछि जे पनि हुनेरहेछ ।’ देउवा सरकारमा राप्रपाबाट शहरी विकास मन्त्री बनेका दिलनाथ गिरीले अध्यक्ष कमल थापाले पदबाट बर्खास्त गर्ने भएपछि अमिलो मन पारे ।

 

बिहीबार मन्त्रिपरिषद्को बैंठकमा अध्यक्ष थापा र मन्त्री गिरीबीच घम्साघम्सी चलेको पनि थियो । तर, आफूले यस्तो खालको अनपेक्षित काम होला भन्ने एकरत्ति पनि नसोचेको बताउँदै मन्त्री गिरीले भने,‘सचिव सरुवामा तैले आफ्नो ढंगले काम गरिस् । यो सहन सकिँदै भनेर थर्काए । म पनि चुप लागेर बस्न सकिन । यति नै भएको हो ।’

अध्यक्ष थापासँग ४८ वर्षदेखि राजनीतिमा होमिएका उनीहरु हालसम्म एक भई अघि बढेका थिए । तर, अहिलेको वर्तमान सरकार विधिवत् ढंगले विदाई हुनुपूर्व नै पार्टीले मन्त्री गिरीलाई तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । ‘हामी ४८ वर्षदेखि सँगै राजनीतिमा सँगै हिँडेका छौँ । तर, उहाँ म भन्दा २ वर्षपछि राजनीतिमा आउनुभएको थियो । पछि मैले उहाँलाई राजनेता नै माने । तर, अहिले आएर यस्तो गर्लान् भन्ने सोचेको पनि थिइन । जे हुनु थियो भइछाड्यो ।’उनले, अमिलो मन पार्दै मकालु खबरसँग भने,‘कमल थापा बौलाएपछि जे पनि हुनेरहेछ,यहाँ । सुनेको छु, मेरो राजीनामा पत्र प्रधानमन्त्रीकहाँ पठाइदै छ रे ।’

हिजो बिहीबार क्याबिनेट बैंठकमा आफूले सैद्धान्तिक विषय नै उठान गरेको उनले बताए । तर, अध्यक्ष थापाले,‘तैले सचिव परिवर्तनमा मुसो चाल चालिस् ।’ भन्दै गिरीलाई थर्काएका थिए । त्यसपछि गिरीले ‘मैले त्यस्तो के काम गरे र !’ भन्दै थापाजसरी नै चिढिदा अहिले यस्तो परिस्थिति आएको राप्रपाका एक जना नेताले बताए । तर, गोप्य स्रोतका अनुसार हाल शहकारी विकास मन्त्रालयमा रहेका सचिव गोपिनाथ मैनालीको सरुवा बारेमा गिरीले असन्तुष्टि पोखेसँगै अध्यक्ष थापाले लात मारेको बताइन्छ । गोपिनाथ तिनै व्यक्ति हुन, यसअघि निर्वाचन आयोगमा रहँदा विवादमा तानिएका थिए ।

मन्त्री गिरी यसअघिको प्रचण्ड सरकारमा पर्यटन मन्त्री रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *