जति नै ढिपी गरे पनि ओली गलेरै छाडे, राष्ट्रपतिले अध्यादेश प्रमाणित गरिन्

काठमाडौं, पुष १४ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल संक्रमणीय अध्यादेश जारी नगर्ने अडान लिदै आएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । केही समयअघि उनले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

 

राष्ट्रियसभाको निर्वाचन कुन विधिबाट गर्ने भन्नेमा राजनीतिक सहमति नजुट्दा विधेयक प्रमाणिकरणमा ढिलाइ भएको थियो ।

यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेकी थिइन् ।

उक्त अध्यादेश सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *