चलचित्र ‘बटरफ्लाई’को ‘चाहाले पाइन्छ माया’ सार्वजनिक (भिडियोसहित)


“
काठमाडौं, पुस १४ । आगामी पुस २८ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक भएको छ । प्रदर्शनको दिन नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत ‘चाहाले पाइन्छ माया, डाहाले पाइन्न माया…’ युट्युबमा सार्वजनिक गरेको हो ।
‘स्याड भर्सन’मा गाइएको उक्त गीतमा गायक युवराज चौलागाईंले स्वर दिएका छन् । सुरज लामिछानेको शब्द र विकास चौधरीको संगीतमा तयार पारिएको गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
उक्त गीतमा लिड कलाकार चलचित्रका नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की फिचरिङमा छन् ।
पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीको निर्माणमा निर्देशक ओमप्रतिक गुरुङले चलचित्र ‘बटरफ्लाई’को निर्देशन गरेका हुन् । कार्यकारी निर्माता रमेश प्रजापति रहेको चलचित्रमा प्रियंका र आर्यनसँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
यसअघि युट्युबमा सार्वजनिक गरिएको ‘म गाउँदिन अब गीत गजल..’ बोलको गीत दर्शकले अत्याधिक रुचाएको निर्माण पक्षले बताएको थियो ।
https://www.youtube.com/watch?v=2mbO4a-Misk”
