नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, पुस १४ । नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पदान समितिको बैठक अहिले बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेर बैठक सुरु हुने नेपाली काँग्रेसले जानकारी दिएको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पराजयपछि पहिलो पटक कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकमा विशेष गरी प्रदेशसमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्नेको सुचि तयार पार्ने, राष्ट्रियसभा गठनको विवाद लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

चुनावमा पार्टीले पराजय भोग्नुको कारण र नेतृत्व परिवर्तनको विषयमा पनि सामान्य छलफल हुने केन्द्रिय सदस्य विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । नेतृत्व परिवर्तनसँगै अन्य महत्वपुर्ण विषयमा आगामी केन्द्रिय कार्यसमितिको बैठकमा वृहत छलफल हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *