नेमकिपाबाट समानुपातिक सांसद बनिन् विद्यार्थी नेत्री सिर्जना

२०७४ जेठ १५ गते

“
पुस १३, काठमाडौँ । विद्यार्थी नेत्री सिर्जना सैंजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिक तर्फ पाएको एक मात्र सिटमा निर्वाचितका लागि आयोगलाई सिफारिस गरेको छ ।
आस्था सांस्कृतिक परिवार र पार्टीको भातृ सङ्गठन क्रान्तिकारी विदार्थी सङ्घ मा आबद्ध सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् ।
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन नसकेको नेमकिपाले पहिलो संविधानसभामा २३ वर्षीया लीला न्याइच्याईलाई सभासद् बनाएको नेमकिपाले २०७० को दोस्रो संविधानसभामा ३२ वर्षीया अनुराधा थापालाई सभासद् बनाएको थियो ।
प्रत्यक्षतर्फ भक्तपुर १ मा एक सिट जितेको नेमकिपाले, सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो । सो सिटमा सभासद् बनेकी सैंजु २७ वर्षीय युवती हुन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित