स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

काठमाडौं, पुस १३ । स्वास्थ्य मन्त्रालयको सचिवमा डा. पुष्पा चौधरी नियुक्त भएकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा १२औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा चौधरीलाई सचिवमा नियुक्त गरेको हो ।

बढुवा समितिले गरेको सिफारिसका आधारमा डा चौधरीलाई सचिवमा बढुवा गरेको हो। समितिले डा चौधरीसहित डा सुशील प्याकुरेल र डा विनोदमान श्रेष्ठको नाम सिफारिस गरेको थियो।

डा चौधरी ०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन्। उनी ०६२ सालमा ११औं तहमा प्रतिस्पर्धामा बढुवा भएकी थिइन्। गत असार ८ गते उनी १२ औं तहमा बढुवा भएकी थिइन्। त्यसअघि उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूतिगृहकी निर्देशक समेत थिइन्।

डा चौधरी स्वास्थ्य सचिवमा बढुवा भएसँगै स्वास्थ्य मन्त्रालयले डाक्टर सचिवका रुपमा तीन जना सचिव पाएको छ। यसअघि डा किरण रेग्मी र डा सुधा शर्मा स्वास्थ्य सचिव थिए। डा सुधाले स्वास्थ्य सचिवबाट राजीनामा दिएर गएकी थिइन् भने डा रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकाश पाएकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *