मोटरसाईकलको ठक्करबाट जैशीको ज्यान गयो

धनगढी, पुस १३ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियांमा बुधबार मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वन टेस्ट मोटरसाईकलको ठक्करबाट साईकलमा सवार बौनीयाका ७३ वर्षीय गणेशप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान साढे ११ बजेतिर धनगढीका २३ वर्षीय आशिष घिमिरे चलाएको मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका जैशीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ ।
मोटरसाईकल चालक र मोटरसाईकललाई बौनियाँ प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *