फेसबुकमा प्रेमको नाटक गर्दै ठगी

काठमाडौं, पुस १३ । तुलबहादुर तामाङ आफूलाई अमेरिकन आर्मी बताउँथे । भूकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेका बाबुसहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुइँ लगाउँथे । उनको जीवनशैली र हाउभाउ भने कुनै धनी परिवारका सदस्यको झैं लाग्थ्यो । जसलाई जे बताए पनि सिन्धुपाल्चोकको माङ्खा घर भएका तुलबहादुर काठमाडौंमा भाडाको ट्याक्सी चलाउँथे । बचेखुचेको समय भने फेसबुक चलाउँथे ।

फेसबुकबाटै उनी अनेकन केटीको सम्पर्कमा पुग्थे र अनेकन आश्वासन बाँड्थे । यही क्रममा उनले संखुवासभाको नुममा घर भएकी करिब २१ वर्षकी एक युवतीसँग सम्पर्क बढाए । त्यसपछि सुरु भएको उनको प्रेम कथा जसरी अगाडि बढ्यो त्यसरी नै उक्त कथामा कैयन् घुम्ती देखा परे । प्रेम कथाको महिनौं लामो यात्रापछि उनले तिनै युवतीलाई बिहे गरे, तर बिहेपछि सुरु भएको नाटकको अर्को पाटोले तुलबहादुरलाई प्रहरीको खोरमा पुर्‍याइदियो ।, यो खबर आजको  कान्तिपुरमा छ ।

तुलबहादुरले युवतीलाई परिवारकै सहमतिमा बिहे गरे । पत्नी लिएर काठमाडौं पनि आए, तरआफ्नो घर भने लगेनन् । बरु उल्टै तुलबहादुरले पत्नीलाई केही दिन काठमाडौं घुमाएर माइत नै फर्काइदिए ।

बिहेपछिका केही महिनासम्म तुलबहादुरले युवतीलाई केही दिनका लागि काठमाडौं बोलाउँथे र फेरि माइतै फर्काइदिन्थे । आफ्नो घर पनि नलैजाने, परिवारका सदस्य पनि नभेटाउने गरेपछि युवतीलाई केही शंका हुन थालिसकेको थियो । सोही बीचमा तुलबहादुरले अर्को पासो थापे । उनले ससुरा र पत्नीसँग भने, ‘सालो बेकामे भइरहेको छ ।

त्यसलाई अमेरिकन आर्मीमा भर्ती गराइदिन्छु ।’ ज्वाइँको आकर्षक प्रस्ताव सुनेर ससुराली पक्षले नाइँनास्ती गर्ने अवस्थै रहेन । जेनतेन खोजखन्तर गरेर ससुराले तुलबहादुरलाई २१ लाख रुपैयाँ दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *