जनप्रतिनिधिका ७ महिनाः के गर्दै छन् नयाँ महानगर ?

काठमाडौं, पुस १३ । साना योजनामै अल्झियो पोखरा

मुलुककै ठुलो महानगर पोखरा लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिनामा विकास बजेट एक प्रतिशत मात्रै खर्च गरेको छ ।  सठक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाईप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन आएको छ ।

उठेन फोहोर, हटेन धुलो

चितवन, स्थानीय निर्वाचनताका भरतपुर महानगरलार्य स्मार्ट सिटी बनाउने नारा सबैभन्दा बढी घन्कियो । तर अहिलेसम्म त्यसको कुनै सुरसार छैन ।  स्मार्ट सिटी त परै, मुख्य भागमा सरसफाईसम्म गरिएको छैन ।। जनप्रतिनिधि आएको ५ महिना बित्न लाग्दा महानगरमा बेथिती कायमै छ ।

लय पक्रँदै विराटनगर 
मोरङ – जनप्रतिनिधि आएपछि विराटनगर महानगरमा विकासका कामले गति लिएको छ । स्थानीयले परिवर्तनको अनुभुति गर्न थालेका छन् । विराटनगर ४ का रामप्रसाद खड्काले जनप्रतिनिधि आएपछि विधुत् पोलको बत्ती बिग्रँदा मर्मतका लागि महिनौँ प्रतीक्षा गनुपर्ने अवस्था अन्त्य भएको बताए । उनले भने, अचेल कर्मचारी आफै आएर मर्मत गर्छन्, सडकमा देखिने खाल्डा तत्काल परिन थालेका छन् ।

पुरानै शैलीमा वीरगन्ज 
पर्सा -आर्थिक नगरी भए पनि वीरगन्ज खुला नाला, धुवाँधुलो, अव्यवस्थित सहरीकरण, ट्राफिक जाम र प्रदुषणका कारण बदनाम छ । नयाँ जनप्रतिनिधि आएपछि यो पहिचान सुध्रिने स्थानीयको आस थियो । तर उनीहरुको कार्यशैली पहिलेकै भन्दा अलिकति पनि फरक छैन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *