‘आकाशमा चम्किने तारा बनिदिन्छु’ लेखेर पुजाले गरिन्आत्महत्या ?

धनगढी, पुस १२ । कंचनपुरको झलारीकी पूजा धामीले घरमै विष सेवन गरि आत्महत्या गरेकी छन् । १९ वर्षीय पूजाले सोमबार घरमा कोही नभएको बेला विष सेवन गरेको बताइएको छ । आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याएका थिए ।

अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरुले कोहलपुर रिफर गरेका थिए । उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर भर्ना लिन नमानेपछि नेपालगंज लगियो । चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए ।

शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।

फेसबुकमा पूजाले अन्तिममा एउटा स्टाटस लेखिकी थिइन् । ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ पूजाले अन्तिम स्टाटस लेखिकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *