पुस १९ देखि पोखरामा राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने

पोखरा, पुस १२ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पुस १९ देखि २२ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता अन्र्तगत पोखरा रंगशालामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए ।

प्रतियोगितामा दुई विभागिय र पाँच विकास क्षेत्रका पाँच गरी महिला तथा पुरुष तर्फ ७र७ टिमको सहभागिता हुने भएको उनले जानकारी दिए । हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एकरएक गरी महिला तथा पुरुष तर्फ ७/७ टिम रहने छन् ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०/३० हजार, उपविजेतालाई २०/२० हजार र तेश्रो हुनेलाई १०/१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । संघ कास्कीका अध्यक्ष क्याप्टेन जग बादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । महिला सशक्तिकरणका लागि ईन्स्टिच्यूटले मुख्य प्रायोजन गरेको हो । महिला शशक्तिकरण ह्याण्डबल खेलबाट पनि गर्न सकिने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको संघका सचिव केशव पाठकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *