राष्ट्रिय सभाको निर्वाचन अघि सरकार गठन बारे विवाद 

काठमाडौं, पुस १२ । राष्ट्रिय सभाको निर्वाचन अघि सरकार गठनका बिषयमा सत्तारुड दल नेपाली कांग्रेस र नेकपा एमालेबिच विवाद भइरहदा संविधानविद् बिच पनि मत बाझीएको छ । केही संविधान विद्ले राष्ट्रिय सभाको निर्वाचन अघि सरकार गठन हुनै नसक्ने बताएका छन् भने केहीले राष्ट्रिय सभाको निर्वाचन अघि पनि सरकार गठन हुन सक्ने बताएका छन् ।

संविधान विद् डाक्टर विपिन अधिकारीले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसंग निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न नमिल्ने बताउनुभएको छ । संविधानको धारा ८४ को उपधारा ८ अनुसार समानुपातिक तर्फ महिलाको कोटा राष्ट्रिय सभाको निर्वाचनले मात्र पुर्ती गर्ने भएकाले यस अघि सरकार गठन हुन नसक्ने उहाँको भनाई छ ।

संविधान विद् डाक्टर भिमार्जुन आचार्यले भने महिलाको समानुपातिक तर्फको कोटा निर्धारण भइसकेकाले यस्तो कुनै पनि संविधानको धारा उपधाराले राष्ट्रिय सभाको निर्वाचन अघि सरकार निर्माणमा बाधा नगर्ने बताउनुभएको छ । उहाँले राजनीतिक असहमतिले मात्र अहिले सरकार गठनमा बाधा पु¥याएको दावि गर्नुभयो । पुर्व सांसद् तथा कानुनका जानकारहरुले भने बिधि र प्रकृयाको आधारमा वर्तमान राजनितिक गतिरोध अन्त्य गर्न दलका नेताहरुलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *