पाँच किलो चरेशसहित युवक पक्राउ

बागलुङ, पुस १२ । अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् ।

सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब निरीक्षक रिमबहादुर बैदवारको टोलीले नियमित चेकजाँचका क्रममा घर्तीमगरलाई चरेशसहित फेला पारेको हो ।

पक्राउ परेका घर्तीमगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निसीखोला क्षेत्रमा चरेशको अवैध उत्पादन र बेचबिखन बढी हुने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *