नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काँकडभिट्टा, ११ पुस । नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफँैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् ।
ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१० धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् ।
“न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ”, युवा वैज्ञानिक रोहितले भने, “परमाणु विकीरणको नकारात्मक प्रभावबाट मानव जातिलाई बचाउन उपलब्धिपूर्ण नयाँ काम गर्ने अवसर मिलेको छ ।”
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)