प्याराग्लाइडिङ दुर्घटनामा विदेशी नागरिक घाइते

पोखरा, ११ पुस । पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा आज दिउँसो १ बजे प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् ।

पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते महोमदको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *