जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

उदयपुर, ११ पुस । उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा मङ्गलवार अपराह्न बलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसै गरी दुर्घटनामा परी घाइतेहुनेमा रौतामाई–४ का गाडी चालक ३५ वर्षीय रत्न राई, सोही स्थानका ४६ वर्षीय भक्तबहादुर सार्की र ४० वर्षीया निर्मला राई रहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए । घाइतेहरुको उद्धार कार्य जारी रहेको पनि उनले बताए ।

रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला बोकेर आउँदै गरेको स१च १२२८ नंको उक्त बलेरो जिप जितेनी पाखाको भिरमा अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *